युट्युबमा भाइरल भएका सपन श्रेष्ठले यसरि पाए चर्चा र सफलता
इटहरी/ युट्युबबाट भाइरल बनेका सपन श्रेष्ठको पहिलो गित तथा म्युजिक भिडियो 'सुरमै जादु छु लाइ एक विषेश कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।
बिना संगीत साधना नै निकै सुमधुर स्वरमा उच्च शैलीमा गाउने खुबी भएका सपन आफुसँग गायकीमा रुचि लगाब हुदाहुदै पनि घरयासी र आर्थिक अभाबले आफ्नो कलालाई ओझेलमा पारिरहेका थिए ।
भित्रि मन बाट नै खुलेर गाउने सपनको त्यो कला देखेपछि विभिन्न व्यक्ति तथा संघ सस्थाबाट आर्थिक संकलन गरेर गायक कमल खत्रीको शब्द संगीतमा सुरमै जादु छ बोलको गित रेकर्ड गराएका हुन् ।
मिडियामा आउनु भन्दा अगाडी र मिडियामा आइसके पछिको विभिन्न अवस्था तथा संघर्षका बिषयलाई समेटेर एउटा कला प्रस्तुत गरेर भाईरल भएदेखि हालसम्मको कुराहरुलाई समेटेर एक भिडियो सार्वजनिक भएको हो ।
सपनको सारा संघर्ष तथा सहयोगी मनहरुको सहयोग साथै गीत रेकर्ड देखि लिएर म्युजिक भिडियो निर्माण र बिमोचनसम्मको कथालाई समेटिएको उक्त्त भिडियोलाई डिथ्री युट्युव च्यानलमा सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=iwhjtAZxJWM&feature=youtu.be
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































