हत्तेरिका आज त साइतै खत्तम, बुधेसँग ढलाइमा जानुपर्ने, शनिबारै ओइरिनु पर्ने नि !, अलच्छिनी झरी पनि हाम्रै पेटमा लात्ती हान्छ, फत्फतायो लाले एकाबिहानै, जब कुमारले आज छतको ढलाइ पानीले रोकिएको तीतो खबर सुनायो, किताबको थोत्रो झोला कुनातिर मिल्काएर, ऊ शनिबारको सानले सुत्यो, पेट कराउन थालेपछि बाटामा निस्केर पाइला गन्न थाल्यो, 'ए लाले' तँ आज घरमै छस् हजुर ! नेताको प्रश्नसँगै उत्तर जुधायो र हेर्यो तिनका हातमा मासुको झोला रहेछ, 'लगिदे न है, म एकछिन मिटिङमा जानु छ' लाले मौन फर्कियो झोला बोकेर, ऊ कमरेडकै कार्यकर्ता त हो, आदर्श मान्छ उनलाई, चुनावका बेलादेखि मात्र उसले कमरेडलाई चिनेको हैन नि ! बा मर्दा ऋण उनैले दिए, दाजु बेपत्ता हुँदा लिन उनै आएथे, आमालाई सिटामोल र भिटामिन किन्दा, उसलाई एडमिसन गराउँदा, हराएको दाजुलाई खोज्दाको सबै खर्च जोडेर कमरेडको बाँकी कत्ति छ  तिर्नलाई, त्यही ऋण बढेर उसको घर कमरेडकै नाममा सारेका रे हजुर ! वहाँले पठाउनुभा छ यो उसको आवाजसँगै पाउजु करायो, ए, लाले तँ पो ? हेर न हेप्न पनि कति सक्स्या होला खुट्टा र हाडै मात्र छ, खसीबाहेक केही खाए पो त ! ह्याकुलाको मात्रै खान मन गर्छ मेरो टाइगरले, झोला हेर्दै भाषण गरिन् गोरी साहुनीले, उसलाई सुनाको हो या पतिलाई गाली हो, बुझेन उसले बरु मासुको भाउ सम्झ्यो, खसीको मासु किलोको ८०० /- कमरेडको घरभन्नु मात्रै, उसका लागि त यो नयाँ सिँहदरबार पो त, एकछिन बस् है त, भित्रबाट निस्केर ५० को नोट थमाईन्, मसला ल्याइदे न ल हेर्न भ्याइनँ पटक्कै, लाले मसला लिएर फर्किँदासम्म, बाफिएको मासु आरीभरि पस्किएर मालिक्नी निस्किन् बाहिर, लाले ! यो ऊ उलाई राखिदे न है, नभ्याउने रहेँछु मैले त सबै कता लागे कुन्नि ! आरीको मग्मगाउँदो मासुमा अलिअलि मसला पनि छरिछन् अघि नै, हावा पापी, नाकमै पुर्याउँछ स्वाद पनि, उठाएर उता गयो अलमलमा परेर सायद हेरिरह्यो, 'ए, लाले के भो ? देन दे उसैलाई' बल्ल बुझेछ सायद, आरी लगेर राखिदियो कमरेडको भर्खरै विदेशबाट झिकाइएको, एमानको सेफर्ड जातको कुकुरले, लालेप्रति आभारी भए जसरी पुलुक्क हेर्यो उसलाई अनि मासुलाई, घुटुक्क थुक निलेर मुन्टो फर्कायो उसले आमा ! भोक लाग्यो ए, लु आइज बा आइज, सेलाइसक्यो नि ! कता गइस् यतिका बेर? बाटातिर थिएँ, भोलि फेरि स्कुल जानु छ 'पौष्टिक खाना'को निबन्ध लिएर कहिल्यै नदेखेको पैसाको हिसाब र सुखशान्तिका पाठहरू पढ्नलाई, उसका गन्हाएका कपडाले बिग्रिएका साथीभाइका नाक र मुहार आँखाभरि आए, हेर्यो लालेले आज पनि थालीभरि मकैको च्याँख्ला र आरीभरि मुलाको गुन्द्रुकपानीमा, टल्कियो उसकै अनुहार, गह्रुङ्गो हातले गाँस उठायो, सम्झँदै नेता कमरेडको कुकुर ! डा‍ भीम खतिवडाकाे फेसबुकबाट