धरान / असाेज २७ गते हुने युुवा सम्बन्धी कार्यक्रमको तयारीमा खटिएका संघीय समाजवादी फोरम मोरङ क्षेत्रनम्बर ३ का अध्यक्ष र सहसचिवको दुर्घटनामा परी मृत्यु हिजो मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको बेलवारी ४ बेतना सिमसार नजिकै भएको दुर्घटनामा ससफोका मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राईको मृत्यु भएको प्रहरीले नाएको छ । बेलबारीबाट लक्ष्मीमार्ग को १२ प ९६८२ नम्बरको मोटरसाइकलमा जादै गर्दा पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका दुवै जना धरानस्थित विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फोटो केदार धिमालको फेसबुकबाट