पथरी / जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला मोरङ कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिहरुले भने आफैले गरेको निर्णय उल्टाउदै सुविधाको रकम गरिवहरुको खरको छाँनो हटाएर टिन लगाउन प्रयोग गर्ने भएका छन् । गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुको लागि भनेर मोटरसाइकल खरिद गर्न छुट्याएको १६ लाख रुपैया रकम फिर्ता गर्दै गाउँपालिका भित्र रहेका गरिवहरुको खरको छाँनो हटाएर टिनको छाँनो लगाईदिने निर्णय गरेका हुन । आलोचना खेपेर वडाध्यक्षहरुले मोटरसाईकल नचड्ने भने पछि कार्यपालिकाको बैठकले निर्णय खारेज गरेको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले जानकारी दिए । सो फिर्ता गरेको १६ लाख रुपैया रकम गाउँपालिका भित्रको ‘खरको छाँनो हटाउँने’ कार्यक्रममा लगाएका छन् । यस अघि उक्त कार्यक्रममा गाउँपालिकाले २० लाख मात्र छुट्याएको थियो । अहिले ‘खरको छानो हटाउने’ कार्यक्रममा अहिले ३६ लाख जम्मा भएको छ । सो रकमले गाउँपालिका भित्रको गरिव, निमुखाहरुको क्रमश. खरको छाँनो हटाएर टिनको छाँनो लगाउने अभियान रहेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए ।