पानवारी । छिमेकी युवा समुह धरानले दशैको उपलक्ष्यमा सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सवको आयोजना गर्ने भएको छ । उत्सवबाट संकलन भएको पैसाले अहिले सञ्चालनमा रहेको एम्बुलेन्सको स्तरोन्नती गरी उपमानगरपालिका स्तरीय एम्बुलेन्स ल्याउने भएको छ । कात्तिक १ गतेदेखि २८ गतेसम्म धरानको पब्लिक माविको खेल मैदानमा उत्सव हुने आयोजक समुहका अध्यक्ष राजेन्द्र राईले जानकारी दिएका छन् ।

उनका अनुसार छिमेकी युवा समुहले स्थानीय प्रतिभावान कलाकारहरुको कला प्रदर्शन गराउन कला क्षेत्रको प्रोत्साहन गर्ने सामाजिक, साँस्कृतिक र खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने उदेश्य रहेको समेत राईले जानकारी दिएका छन् । उनले विगतमा जस्तो उछृङ्खल मेला नहुने भन्दै कानुनले तोकेको र स्थानीय तहले स्वीकृति दिएका भन्दा बाहिर गएर मेलाको आयोजना नहुने समेत उनले बताए ।

यता नेपाली कांग्रेस धरान नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै उत्सवकाे नाममा विकृती भित्र्याउने गरी मेला लगाउन नहुने भन्दै विराेध गरेकाे छ । नगर सभापति तिलक रार्इले मेला महाेत्सव सस्ताे बजार राम्राे भएपनि त्यसमा ठुलाे अार्थिक चलखेल हुने गरेकाे र युवाहरूकाे समुहबीच झडप हुने गरेकाे भन्दै मेला नलगाउन विराेध गरेकाे छ ।