काठमाडौं–/ नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह बी प्रतियोगिताको उपाधी जितेको छ । शुक्रबार मलेसियाको बायुमास ओभलमा सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। जससँगै नेपाल र सिंगापुरले १–१ अंक बाढेको थियो । नेपाल र सिंगापुरको समान ११ अंक भएको थियो। तर रनरेटमा नेपालले सिंगापुरलाई पछि पार्दै उपाधि रक्षा गरेको हो।

नेपालले म्यानमार र मलेसियालाई समान ८–८ विकेट ले पराजित गरेको थियो । यस्तै नेपालले भुटानलाई १ सय १७ रन र थाइल्यान्डलाई १ सय ४० ले हराएको थियो। लगातार जित निकाल्ने क्रममा नेपालले चीनलाई १० विकेटले हराएको थियो। तर प्रतियोगितामा नेपाल र सिंगापुर दुवै टिम अपराजित भए । सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल, सिंगापुर र मलेसिया दोस्रो चरणमा पुगे। नेपाल र सिंगापुर अपराजित रहँदै दोस्रो चरणमा पुग्दा थाइल्यान्डलाई पछि पारेर मलेसिया दोस्रो चरणमा पुग्न सफल भयो। नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बने। सन्दीपले छनोट प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाए।