रङ्गेली । विराटनगर बजारमा व्यापारीहरुले उपभोक्तालाई ठाडै लुटने गरेको पाइएको छ । विराटनगर महानगरपालीकाले गरेको बजार अनुगमनमा १ हजार ५० ‘होलसेल’मुल्यमा किनेको जुत्ता उपभोक्तालाई ३१ सय ५० मा विक्रि गर्ने गरेको छन् । त्यस्तै ७ सय ५० को जिन्स पाइन्ट २८ सय ५० सम्ममा विक्रि गर्ने गरेको पाइएको छ । जुत्तापसल भानुदय ट्रेडर्स र कपडा दिनेश इम्पोरियममा खरिद मुल्यभन्दा ४ गुणाबढी बिक्रि गरेको पाइएको छ । कतिपयमा पसलले स्टिकर टासी अत्याधिक मुल्य उपभोक्ता सँग असुल्ने गरेको पाइएको छ । विराटनगर महानगरपालिकाले विहिबार र शुक्रकार गरेको अनुगमनामा बजारमा न्यूनतम मापदण्ड पुरा नगरेको ‘होलसेल’ मुल्य भन्दा ४ गुणा बढी सामानको मुल्य राखेर विक्रि गर्ने गरेको पाइएको उपमेयर इन्दीरा कार्कीले बताइन ।चाडवाडका बेला अझ उपभोक्ताबाट ठगिएको गुनासो आएपछी अनुगमनलाई नियमित गरेको उपमेयर कार्कीले जानकारी दिइन । विभिन्न स्थानका फरक पसलहरुमा गरिएको अनुगमनका क्रममा उपभोक्ताहरु ठगिएको पाइएको उनले बताइन । उनका अनुसार मिठाइ,जुत्ता–चपल,कपडा,खाद्यान्न पसलमा चाडवाडको उपभोक्ता धेरै ठगिएका छन् । महानगरले सवै ब्यवसाय,फर्ममा अनुगमन गरिने उपमेयर कार्कीले बताईन । यसले सामान्य आर्थिक हैसियतका उपभोक्तालाई दशै अकल्पनीय बन्ने देखिन्छ । विराटनगरमा मुख्य गरी आसपासका ग्रामीण क्षेत्रका उपभोक्तहरु खरीद गर्न आउने गरेका छन् । बाजरको मुल्यबारे जानकारी नभएका उपभोक्तहरु यस्तोमा ठगीने गरेका छन् । व्यापारीले धेरै ‘मार्जिन’ राख्दा उपभोक्ताले दुइ÷पाँच सय भन्दा बढी घटाउन नसक्ने बजार भर्न आएका रमेश खत्रीले बताए । चाडवाढको बोलमा मात्र हुने अन्य समयमा नहुने अनुगमले व्यवसायीको व्यवहारमा खसै असर नपरेको उनले बताए । दुइदिनमा महानगरले विकानेर स्विट होम,पंकज किराना स्टोर,बैद्यनाथ आयुर्वेदिक औषधी, श्याम सुन्दर ट्रेडर्समा म्याद नाघेका र खान अयोग्य सामाग्री भेटिएको थियो । जुत्तापसल भानुदय ट्रेडर्स र दिनेश इम्पोरियम लुगापसलमा भने खरिद मुल्य भन्दा चोब्बरमा सामन विक्रि गरेको पाइयो । कतिपयले अत्याधिक मुल्यको स्टिकर टासेरसामान बिक्रि गर्ने गरेको पाइएको थियो । महानगरले विभिन्न सुचकका आधारमा बजारको अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहालले बताए । उपभोक्ता ठग्नेलाई नियम अनुसार कारवाहि गरिने दाहालले जानकारी दिए ।