श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज २७ गते शनिबार, १३ अक्टोबर २०१८ । आश्विन शुक्लपक्षको चतुर्थी तिथि ७ः०२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अनुराधा १४ः०१ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः०३ र सूर्यास्त ५ः३४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धार्मिक यात्राको अवसर प्राप्त होला । साथीभाइसित रमाइलो भेटघाट हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ होला । आर्थिकपक्ष सृदृढ बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । सवारी साधन तथा हतियारको प्रयोगमा विशेष सावधानी अपनाउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । महिलामित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा सफलता मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला । यात्रा सफल हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । शरीर आलश्य बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।