इटहरी/ एक नम्बर प्रदेशका मुख्यमन्त्री शेधरन राईले प्रदेशलाई भ्रष्टाचारहित बनाउँन अभियान थाल्ने बताएका छन् ।
शुक्रबार सुनसरीको इटहरीमा यातायात पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश निर्देशनालय कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेशलाई समृद्ध बनाउन पनि भ्रष्टाचारलाई रोक्नुपर्ने बताए ।
देशको पूर्वाधार विकास नै जनअपेक्षाको पहिलो सर्त भएको भन्दै एक वर्षको अवधिमा ६ अर्बको योजनाका कार्यहरू गर्ने भएको जनाए ।
प्रदेश सरकारको प्रमुख लक्ष्य नै विकासमा पारदर्शितासहित भ्रष्टाचार शून्य बनाउनुपर्ने बताए ।
बेथीति दोहोर्याउने कुचेष्टा गरेको गन्ध समेत आए कडा कारबाहीको भागिदार हुने चेतावनी दिए ।
यातायात पूर्वाधार विकास निर्देशनालयका सचिव सागर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मुख्य सचिव केदार न्यौपाने सांसद् सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलगातले बोलेका थिए ।
कार्यक्रममा प्रदेश कानूनमन्त्री हिक्मत कार्की , सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद् लिलम बस्नेत तथा प्रदेश सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत सहभागी थिए ।