इटहरी/ चाडवाडमा हुन सक्ने कालोबजारी र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न एक नम्बर प्रदेशले विशेष अभियान शुरु गरेको छ ।

चाडपर्वमा चोरी, डकैतीसँगै आपराधिक गतिविधि नियन्त्रणमा चासो देखाएको छ । चाडवर्प विशेष सुरक्षा योजना लागू भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठले बताए ।

सादा पोसाकका प्रहरीहरू उल्लेख्य मात्रामा खटाइने योजना रहेको उनले सुनाए । नेपाल प्रहरीका एक नम्बर प्रदेश प्रवक्ता एसपी आभूषण तिम्सिनाले चाडपर्वमा सुरक्षा योजना लागू गर्ने र विशेष सुरक्षा दिन अहिले मातहतका सबैलाई निर्देशन दिइसकेको जनाए ।

प्रदेश नम्बर एकका १४ जिल्लामा सतर्कता अपनाइरहेको बताए ।

सीमा क्षेत्रमा हुनसक्ने तस्करी, लुटपाट गर्ने, ठगीजस्ता घटना हुन नदिन नेपाल–भारतसीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

सीमा क्षेत्रबाट अवैध सामान भित्रन सक्ने भन्दै सीमा क्षेत्रमा कडाइ गरिएको एक नम्बर प्रहरी प्रवक्ता तिम्सिनाले जनाए ।