बेलबारी / पूर्व सांसद तथा अञ्चलाधिश कर्णबहादुर धिमालले शनिवार आत्माहत्या गरेका छन । मोरङको बेलबारी २ लालभित्तिमा स्थायी बसोबास गर्दै आएका धिमालले बिहान घरको बरण्डामा झुण्डिएको अबस्थामा फेला परेका थिए । अञ्चलाधिश भए पछि राप्रपाको राजनीतिमासमेत सक्रिय रहेका उनी लामो समयदेखि अशत्त रहेको र उनी घरमा एक्लै बस्दै आएका थिए । उनका एक छोरा काठमाण्डौमा बस्दै आएका छन । आत्महत्या गर्ने कारण भने खुलेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनी ६९बर्षका थिए । उनले २०३८ सालको आम निर्वाचनमा मातृकाप्रसाद कोईरालालाई निर्वाचनमा हराएर संसद बनेका थिए । तत्कालिन राजा वीरेन्द्रबाट गोर्खा दक्षीण बाहु (दोस्रो) बाट सम्मानित समेत भएका थिए । राजा ज्ञानेन्द्रकाे पालामा २०६२ सालमा सेती अञ्चलका अञ्चलाधिससमेत भएका उनी धिमाल जातिय विकास केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका थिए ।