रङ्गेली । ‘ट्राफिक जाममा फसेर ढीलो भयो ।’ यो वाक्य विराटनगरमा औठौ मानिन थियो । काठमाण्डौमा मात्र सुनेका विराटनगर बासिलले वाक्य आफ्नै सहरमा सुन्न थालेका छन् । प्रदेश १ कोे अस्थायी राजधानी हो विराटनगर । यो सँगै विराटनगरमा बढेको चहलपहलले ट्राफिक ब्यवस्थापन अस्तब्यस्त देखिन थालेको छ । जनसख्या सँगै बढेको सवारी साधनले ट्राफिक समस्या देखिएको छ । यसअघि नै जिल्ला सदरमुकाम रहेको विराटनगरमा प्रदश स्तरीय कार्यालय र मन्त्रालयहरु थपिएका छन् । यसले असर विराटनगरको सडकमा देखिन थालीएको छ । अहिले विराटनगरका सडको क्षमता भन्दा सवारी साधनको चाप बढे सँगै ट्राफिक व्यवस्थापनमा कठीनाई थपिएको छ । गन्तव्यपा मुग्न यात्रुले लामो समय खर्चनु पर्ने अवस्था बनेको छ । नेपालीको प्रमुख चाड दशैको चहलपल सुरु भए पछि अहिले समस्या अझै बढेर गएको छ ।दशैको किनमेलको लागी बजार आएका पैदल यात्रुको संख्यामा पनि बृद्धि भएको छ । यसले सडकमा सवारी आवागमनमा अझै समस्या थपेको छ । विराटनगरमा मुख्य ट्राफिक जामको समस्या मुख्य बजार बुधहाट चोक, जलजल चोक, हस्पिटल चोक, धरान रोडको शनिमन्दिर चोकमा छ । सडकमा सवारी चाप बढेको कारण पैदल यात्रुलाई हिडनै मुस्किल भएको विराटनगर–८ का सपन साहले बताए ।विराटनगरको सडकमा आवश्यकता भन्दा बढी सिटी सफारीको कारणले पनि समस्या भएको उनले बताए । अहिले मुख्य बजारको सडक पार गर्न पनि पर्खनु पर्ने अवस्था रहेको उनले बताए । विराटनगरका अधिकांस सडक साँघुरा छन् ।साँघुरा सडकमा रिक्सा,सयाँै सिटी सफारी,टेम्पो, मोटर साईकल, साईकल, ठेलालागायत धेरै प्रकासरका सवारी साधन एकै पटक गुडनु पर्ने अवस्था छ ।त्यसमा विराटनगर बजार क्षेत्रका अधिकांस सडक पुनः निर्माणकोलागी भत्काइएका छन् । बनेका र भएका एक–दुई सग्ला सडकमा सबै सवारी चल्ने हुदा जमको मस्या बढेको बताउ छन एक व्यापारी समिर सर्मा । ट्राफिकले व्यवस्थापन गर्ने नसकेको गुनासो सवारी चालकहरुको छ । ट्राफिक प्रहरीकै कारण समस्या बढेको उनीहरुको बुझाई छ । आफूसँग भएका सबै जनशक्ति प्रयोग गरेर ट्राफिक समस्या व्यवस्थापन लागी परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरिक्षक शिव पोखरेलले बताए । प्रयाप्त जनशक्ति नहुदा आफु पनि सडकमा खटिरहेको उनले बताए । भएका जनक्तिबाट मात्र ट्राफिक व्यवस्थापनमा समस्या भए पछि ६जना ट्राफिक प्रहरी थप्न लागेको प्रमुख पोखरेलले जानकारी दिए । विराटनगरको सडकमा मुख्यगरी विहान ९देखि ११ र दिउँसो ४ देखि साँझ ६ बजेको समयमा ट्राफिक जाम अत्याधिक हुनेगरेको प्रहरी निरिक्षक पोखरेलले बताए ।