धनकुटा । धनकुटाको छथर-जोरपाटी गाउँपालिका-३ बस्ने शंकर लिम्बुको गोठमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

गत आश्विन २५ गते दिउँसो साढे ३ बजे १ तले कच्ची गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किएर आगलागी भएको थियो ।

घटनाको आज १२ बजे जानकारी पाउनासाथ प्रहरी चौकी सिधुवाबाट खटिएको टोलीले कानूनी प्रकृया पूरा गरेको थियो । आगलागीबाट राईको गोठ, काठपात र जस्तापाता समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।