श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज २८ गते आइतबार, १४ अक्टोबर २०१८ । आश्विन शुक्लपक्षको पञ्चमी तिथि ७ः४४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र ज्येष्ठा १५ः२७ बजेसम्म, उप्रान्त मूल चन्द्रमा राखशी वृश्चिक, सूर्योदय ६ः०४ र सूर्यास्त ५ः३४ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तम खालको छ । मन मिल्ने साथीभाइसित रमाइलो भेटघाट होला । आफूस“ग भएको क्षमता प्रदर्शन होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्य खालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रेम र मित्रताको बन्धनमा फसिएला । देश–विदेश भ्रमण गर्ने अवसर प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो वातावरणमा दिन बित्ला । शुभ समाचार सुनिएला । आफूले सोचेभन्दा राम्रो आम्दानी गर्न सकिएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मुद्दा–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । शुभ समाचार सुनिएला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीर अस्वस्थ रहला । सानो काममा ठूलै धनराशी खर्च होला । दिनको उत्तराद्र्धतिर शुभ समाचार सुनिएला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय मध्यम छ । कार्य व्यवसायमा बाधा आइपर्ला । आप्mनोभन्दा अरूको काममा बढी समय खर्चिनुपर्ला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बस्त्र तथा आभूषण प्राप्त होला । रमाइलो वातावरणमा दिन बित्ला । पारिवारिक जीवनमा खुशी छाउला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेम र मित्रताको बन्धनमा फसिएला । काम देखाएर अरूको मन जित्न सफल भइएला । मन प्रशन्न रहला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तम खालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।