धरान/धरानको महादेव चोकस्थित नागरिक समाज कल्याण केन्द्रले शनिबार आठौं साधारण सभा सम्पन्न गरेको छ ।
सभाले संस्थाका अध्यक्ष शान्तिराम दाहालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सकुन राईले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरण सर्वसम्मत अनुमोदन गरेको थियो ।
सभाले दुर्घटनामा परी असक्त धरान–१५ का पुण्यप्रसाद प्याकुरेललार्ई जिन्सी सामग्री हस्तान्तरण गरेको थियो ।
साधारण सभामा आजीवन सदस्यहरू नरेश कुमार इवारम, भोजराज श्रेष्ठ र हेमप्रसाद ढकाललाई दोसल्ला ओढाई आजीवन सदस्यताको प्रमाण–पत्र हस्तान्तरण गरेको थियो ।
वडाध्यक्ष नरेशकुमार इवारमले पानसमा दीप प्रज्ज्वलन गरी सभाको उद्घाटन गरेका थिए । संस्था २०६६ सालमा स्थापना भएको हो ।