मुछेर दहीमा अछेता
उमारेर समयको जमरा
बाध्यताको घाम पानी
सहेर फुलेको सयपत्री
मखमली, गोदावरी फूल
बालेर आशाको दियो
आऊ बसौं ! एकैछिन
दशैं मनाऔं ।
भो ! दशैंको दिन नसम्झौं एकैछिन बेपत्ता पारिएका माइला दाइलाई शहीदको नाममा झुन्ड्याइएको उनको तस्बिर ।
भो नसम्झौं दशैँको दिन अरबको तातो घाममा पसिना पुछिरहने ठुल्दाइलाई हो ! आज दशैंको दिन नसम्झौं बितेका कालो दिनहरूलाई आऊ सबै मिलेर सबै कुरा भुलेर एकैछिन दशैं मनाऔं ।। (कोलोराडो, अमेरिका)