संखुवासभा / जीप दुर्घटनामा परेर मृत्यु भएका संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष सहित छ जनाको सालिक निर्माण थालिएको छ ।  मोङको केरावारी गाउँपालिका भलुवामा बनाउन थालिएको हो । मृतकको सम्झनामा ढुँगा कुँदेर सालिक बनाउने काम भइरहेको छ ।  मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटवाल, पूर्व जिविस सदस्य एवं तत्कालिन एमालेका जिल्ला सदस्य सुरेश राई, काठमाडौं घर भएका इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समिति संखुवासभाका सूचना अधिकृत खाँदबारी घर भएका सुवासचन्द्र कुइँकेल, नुवाकोट घर भएका समाजशास्त्री अर्जुन बस्नेत र मकवानपुर घर भएका जीप चालक कृष्ण श्रेष्ठको सालिक बनाएर संखुवासभा लान लागिउको हो । मोरङको बेलबारी नगरपालिका ३ घर भएका श्याम गौतम नेत्रृत्वको मुर्तिकार टोलीले सालिक बनाएको हो । टोलीले आगामी पुसभित्र बनाएर हस्तान्तरण गर्नेकार्यक्रम रहेको छ । मकालु नुम घर भएका गाउँपालिका प्रमुख कटवाल र मकालुकै हेदाङ्ना घरका राईको पूर्ण कदको सालिक बन्ने छ । अन्य चार जनाको भने अर्ध कदको मात्रै सालिक बन्ने छ । संखुवासभाका प्रदेश सांसदहरु पूर्णप्रसाद राई, सरिता थापा खड्का र पदमकुमारी गुरुङको पहलमा निर्वाचन क्षेत्र विकास कोष र मकालु गाउँपालिको लगानीमा सालिक बनाउने काम भइरहेको सांसद सरिता थापा खड्काले जानकारी दिईन । । ‘अरु आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसंग पनि माग गरिएको छ,’ उनले भनिन्, ‘प्रदेश १ सरकारसंग पनि आवश्यक सहयोग गर्न आग्रह गरिएको छ ।’ थापाले छ जना मृतकको सालिक बनिसक्दा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइन । सालिक बनिसकेपछि जीप दुर्घटना भएको स्थान मकालु गाउँपालिका ३ स्थित मृर्गेगांैडा समाटारमा लगेर राखिने बताइएको छ । २०७४ साल पुस ३० गते आइतबार दिउँसो भएको जीप दुर्घटनामा गाउँपालिका प्रमुख सहित छ जनाको मृत्यु भएको थियो । मकालुको नुमबाट भोटखोला गाउँपालिकाको बरुणतर्फ जाने क्रममा भीरको घुमाउरो कच्ची सडकबाट जीप करिव पाँच सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।