श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज २९ गते सोमबार, १५ अक्टोबर २०१८ । आश्विन शुक्लपक्षको षष्ठी तिथि ८ः५५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मूल १७ः२० बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०४ र सूर्यास्त ५ः३३ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुसीयाली छाउला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित मान सम्मान मिल्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । गरिराखेको कार्य व्यवसायबाट मन अघाउला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शैक्षिक क्ष्ँेत्र सबल बन्नेछ । धार्मिक तथा समाज सेवामा मन जानेछ । शुभसमाचारले मन प्रसन्न रहला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । शरीर आलश्य बन्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पठन–पाठन तथा लेखन कार्यमा खासै मन नजाला । आफ्नोभन्दा अरुको काममा बढी समय दिनु पर्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमाइलो वातावरणमा दिन बित्ला ।