भद्रपुर/ चाडपर्वको समयमा अपराधिक कृयाकलाप हुननदिन प्रहरीले तालिमप्राप्त कुकुरबाट झापाका सीमा क्षेत्रसहित व्यस्त शहरमा निगरानी शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको पहलमा सुनसरी स्थित धरानबाट ल्याइएको विस्फोटक पदार्थ सम्बन्धि अनुसन्धान गर्ने ‘सीमा’ नाम गरेको कुकुरबाट निगरानी अभियान शुरु गरिएको झापा प्रहरील जनाएको छ ।

जिल्ला प्रहरीले आइतबार दिउँसो बडादशै, शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा सुरक्षा सम्बन्धि जानकारी मूलक कार्यक्रमको आयोजना गरी यस्तो जनाएको हो ।

दशैमा भन्दा पनि दिपावली र छठ पर्वमा बारुदजन्य पदार्थको बढी ओसार पसार हुने भएको आशङ्का गर्दै कुकुरमार्फत निगरानी शुरु गरिएको जिल्लाका एसपी भीमप्रसाद ढकालले बताए ।

तालिम प्राप्त कुकुरले शनिबारबाट सीमा क्षेत्र ,मुख्य बजार, उच्च पदका नेता,बैङ्क तथा सुन दोकानमा परिचालन गरिएको एसपी ढकालले जनाए ।

प्रदेश सरकारबाट थप सुरक्षाकर्मी झिकाएर २५ ओट प्रहरी टिमबाट २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

झापाका ६ ओटा वस पार्कमा नागरिक सहायता कक्ष , सार्वजानिक सवारीका साधनमा साधा पोसाकका प्रहरी, नेताहरुको घर र कार्यक्रम स्थलमा सुरक्षा,कुनै घटना भइहालेमा नाकाबन्दीको व्यवस्थाबारे सम्पूर्ण कार्य शुरु भएको उनको भनार्इ छ ।

त्यसैगरी चाडपर्वको समयमा नागरिकले अपनाउनु पर्ने सुरक्षा लगायतका विषयमा माइकिङ्बाट जनचेतनामूलक सूचना प्रवाह गरिरहेको उनले जनाए ।

असोज १० बाट शुरु भएको विषेश सुरक्षा योजना हालसम्म सन्तोष जनक रहेको डिएसपी तथा प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए ।

सबै क्षेत्रमा सुरक्षा मजबुद भए पनि कुनै विषयमा जानकारी दिनु परेमा तत्काल प्रहरीलाइ खबर गर्न उनले सर्वसाधरणलाइ अनुरोध गरेका छन् ।

कार्यक्रममा उपस्थित पत्रकारले सुझाव तथा जिज्ञासा राखेका थिए ।

सोही कार्यक्रममा विभिन्न मितिमा बरामद गरिएका लाखौँ मूल्य बराबरको पटका समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कचनधकवल गाउँपालिकाले समेत आउदै गरेका पर्वको उपलक्षयमा शुभकामान आदन प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अन्जरा आलमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष निमसरी राजवंशी, वडाअध्यक्षहरु, कर्मचारी लगायतले शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा सुरक्षा निकाय, राजनीतिक दल,शिक्षक समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।