मोटरसाइकल सिक्दा दुर्घटना भएर मृत्यु
पाँचथर/ बिहीबार मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।
मोटरसाइकल सिक्ने क्रममा लडेर फिदिम नगरपालिका–११, नांगीनस्थित बाबुङ्गाका ३२ वर्षिय सुवाश आङ्बोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिक्ने क्रममा उनी मे ५ प ९०७४ नम्बरको मोटरसाइकल सहित आफ्नै घरको आँगनबाट खस्न पुगेका थिए । सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































