पाँचथर / मेची राजमार्गको इलामस्थित देउमाई नगरपालिका–१, देउमीमा मंगलबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा राँके बजार पाँचथरका अन्दाजी ३५ बर्षिय चन्द्रबहादुर बाग्दासको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडदेखि पाँचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सि सडकबाट एक सय मिटर तल खसेको हो । मृतक बाग्दास ट्याक्सिको पछाडपट्टि झुन्डिएका थिए । मृतकका श्रीमति मनकुमारी नेपालीले चालकले पछाड झुन्डिन लगाएकाले दुर्घटनामा श्रीमानको मृत्यु भएको बताएकी छिन् । जीपमा दश जना यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि इलाम लगिएको बताइएको छ । चालक इलाम घर भएका बिपिन भुजेलले मोबाइलमा कुरा गर्दै सवारी चलाएको दुर्घटनामा घाइतेहरुले बताएका छन् । चालक भुजेलले दुर्घटना हुनु लाग्दा आफूलाई केही थाहा नभएको बताएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याक्सीको पछाडी झुण्डिएर यात्रा गर्दा चन्द्रबहादुरको मृत्यु

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।