उनीहरुको व्यापक खोजी पछि दुबैलाई भेट्टाएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिए पछि गाउँलेहरुको पञ्चायती बसेको थियो । उक्त पञ्चायतीले किशोरीलाई दोषी ठहराउदै रु ५१ हजार जरिवाना तिराइएको छ । मुकेशका पिता शत्रुद्यनलाई गाउँलेहरुले १ हजार र किशोरी भगाउन सहयोग गर्ने सोही ठाउँका अगमलाल रामका छोरा १७ बर्षीय रन्दीप रामलाई ७ हजार, किसुन रामका छोरा १८ बर्षीय कमलेश रामलाई एक हजार, विनोद रामको छोरा १७ बर्षीय अमन रामलाई पनि एक हजार जरिवाना ताकिएको बताइएको छ । उक्त जरिवाना वापतको रकम किशोरीको विवाहमा खर्च गर्ने सहमति भएको प्रहरीले जनाएको छ । बुधबार बसेको पञ्चायतीले किशोरी भगाउने र भगाउन सहयोग गर्नेलाई जरिवानासँगै कठोर सजाए पनि दिएको छ । किशोरी भगाउने मुकेश, सहयोग गर्ने रन्दीप, कमलेश र अमनको हात खुट्टा बाँधेर दुई घण्टा घाममा सेकाइएको स्थानीयले बताए । ‘पढ्दै गरेकी किशोरीलाई विवाहको प्रलोभन देखाएर भागाउनु ठूलो अपराध गरेको भन्दै उनीहरुलाई सजाय दिइएको हो ।
यस्तो पनि सजायः पढ्दै गरेकी १७ बर्षे किशोरी भगाउनलाई बाँधेर घाममा सेकाइयो
सप्तरी / कक्षा ८ मा अध्ययनरत किशोरीलाई प्रलोभन देखाएर भगाउने युवकसँगै उनका अभिभावक र भगाउन सहयोग गर्नेलाई पञ्चायतिले जरिवाना गराएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयाकी किशोरीलाई स्थानीय युवकले विवाह गर्छु भन्दै प्रलोभन देखाएर भगाएका थिए । स्थानीय शत्रुधन रामका २२ बर्षीय छोरा मुकेशले मावि कटैयाको कक्षा ८ मा अध्ययनरत १७ बर्षीया किशोरीलाई विवाह गर्ने भन्दै १० दिन अगाडि भगाएको बताइएको छ । किशोरी र युवक वेपत्ता भएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































