रङ्गेली / नेपाली कांग्रेस संसदीयदलका उपनेता विजयकुमार गच्छदारले क्रान्तिको समय सकिएर मुलुकमा आर्थिक समवृद्धिको एक मात्र एजेण्डा रहेको बताएका छन् । मोरङको वुढिगंगा गाउपालिका–६ मा दिपावली र छठपर्वको अवसरमा विहिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले हिमाल, पहाड, तराईका सवै जातजातिको अधिकारलाई संविधानले सुनिश्चित गरेकोले अव मुलुकमा आर्थिक सम्वृद्धिको आवश्यकता रहेको बताए । दुई तिहाईको सरकारप्रति जनताको भरोसा रहेकाले सोही अनुरुप काम गर्नुपर्ने वताए । अब सरकार जन चाहना अनुसार सरकार अघि वढनुपर्नेमा उनको जोड थियो । सरकारको टिका टिप्पणी गर्ने पंक्षमा आफु नहरेको भन्दै उनले वर्तमान सरकारलाई असफल बनाउने खेलमा लाग्न नहुने बताए । नेता गच्छदारले थारु समुदायको कतिपय चाडपर्व, संस्कृति लोप हुने अवस्थमा पुगेकाले त्यसका संरक्षण संवर्धनमा राज्यको ध्यान दिनु पर्ने बताए । धर्म सस्कृति, चाडपर्वले सवै समुदायलाई एक ठाउँमा जोडने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रसभा सदस्य रमेशजंग रायमाझी, प्रदेश सांसद चुमनारायण तवदारलगायतले थारु संस्कृतीको संरक्षणमा जोड दिए ।