पथरी/ मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचित कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना कार्यक्रममा व्यस्त छन् ।
बुधबार बेलबारी र सुन्दरहरैंचाको कार्यक्रममा व्यस्त भए । सुन्दरहरैंचाको विराटचौक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलबारी नगरको आयोजनामा १, २, ३, ४ र ५ वडालाई केन्द्र बनाएर बेलबारीमा र ६, ७, ८, ९, १० र ११ वडालाई केन्द्र बनाएर वडा नं. १० मा कार्यक्रमको आयोजना गरिएको थियो ।
भेटघाट कार्यक्रममा झाँकी र उराउँ नाचद्वारा मन्त्रीको स्वागत गरियो । कार्यक्रममा पार्टीका वडा संयोजकहरूले आफ्ना वडाका समस्याका बारेमा माग राख्दै बाहुनीको पेट्रोलखानी उत्खनन्, सिमसार क्षेत्र प्रवद्र्धन, चिसाङ खोलाको गुरुयोजना र तटबन्ध, वृद्धभत्ताको रकम वृद्धि, पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण हुलाकी राजमार्ग सडक, बसोबासको समस्या समाधान, पुललगायतका माग राखेका छन् ।