उर्लाबारी / उर्लाबारी नगरपालिका – ८ स्थित उर्लाबारी – इटहरा सडक खण्डमा आज भएको सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्गापुरीदेखि दक्षिणतर्फ जादै गरेको को. ३५. प. ९७७३ नम्वरंको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ स्थानिय २७ वर्षिय शैलेश गौतमको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उर्लाबारी – इटहरा सडक खण्ड साँघुरो भएका कारण पछिल्लो समय सवारी साधन दुर्घटना बढेको छ । साघुरो र घुमाउरो सडकमा चालकले होसियारी नपु¥यउदाँ दुर्घटना हुने गरेको छ ।