धरान / केही समय शान्त रहेको धरान यति बेला अशान्त बन्दै गएको छ । दिनदाहाडै खुकुरी हानाहानका घट्नाह? बढेका छन् । धरान बिहीबार राति धरान १५ बगरकोटमा एक युवा माथि खुकुरी प्रहार भयो । धरान ११ का विनोद गुरूङमाथि उनकै साथीहरूले खुकुरी प्रहार गरे। घाईते बनाए ।  खुकुरी प्रहारमा संलग्न भएको आशङ्कामा उनकै साथी हेमराज गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै गत मंगलबार धरान–१२ स्थित पब्लिक मावि खेल मैदानमा मेला लगाउने पक्ष र विरोध गर्ने पक्षविच भिडन्त हुदा दुई जना घाईते भए । उक्त स्थानमा दिदाहाडै प्रहरीकै अगाडी छुरी प्रहार भएको थियो । घट्नामा दुई जना युवाह? घाईते भएका थिए । प्रहरीकै सामु तोडफोड र काटाकाट मंगलबार जुवाजन्य खेलतमासारहित मेला लगाउन माग गर्दै विरोधमा उत्रिएको समुह र मेला आयोजक विच झडप भएको थियो । जिल्ला प्रशासन र सुरक्षा निकायसँग छलफल र अनुमित नलिई धरान उपमहानगरपालिकाले मेला लगाउन दिएको भन्दै प्रहरीले मेला आयोजकलाई असहयोग गरेको छिमेकी युवा समुहका अध्यक्ष राजेन्द्र राई बताउछन् । मंगलबार घट्ना हुदा प्रहरी गेटमा तैनाथ थियो । गेट भत्काउकाउदासम्म प्रहरी रमिते भनेको थियो र गेट भत्काएर मेलास्थलमा प्रर्दशनकारी छिर्न लागे पछि मात्र प्रहरीले एक्शन लिएको मेला पक्षको आरोप छ । यस्तै एक साता अघि गत वर्षको रिसिइवी फेर्न धरान–६ पानबारीमा एक युवामाथि खुकुरी प्रहार भयो । धरान–६ पानबारीका युवराज कुरूम्भङ लिम्बूले छिमेकी सपना भनिने नरेन्द्र लिम्बूमाथि गत आइतबार राति खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारमा संलग्न युवराजसहित तीनजना फरार रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट नरेन्द्रको गर्दनभन्दा मास्तिर ५ टाँका लागेको छ भने बायाँ हातको कान्छी औलासमेत नचल्ने भएको स्थानीय लोकमान लिम्बूले जानकारी दिए । उनका अनुसार गतवर्ष तिहारको बेला युवराजको घर नजिकैको चोकमा तिहारको नाँच लगाउने बेलामा युवराजले मापासे सेवन गरी निहुँ खोजेका थिए । घट्नामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेका छैन् । प्रहरीले शान्ति सुरक्षाका लागि प्रभावकारी काम नगर्दा धरानमा अपराधका घट्ना बढेको स्थानीयले बताएका छन् । चाढबाढका बेला शान्त धरान रहेको बताउदै आएको इलाका प्रहरी कार्यालय प्रयाप्त जनशक्ति अभावमा छिटफुट घट्ना हुने गरेको बताउदै आएको छ । छिटफुट घट्ना बाहेक धरान शान्तरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिना दावी गर्छन् ।