पाँचथर/ बालविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फालेलुङ गाउँपालिका–२ बस्ने कृष्ण खत्री अधिकारी रहेको प्रहरीले जनाएको छ ।
उनी बालविवाह मुद्दामा दोषी ठहर भई फरार थिए । उनलाई जिल्लाको विभिन्न स्थानमा खोजतलास गरी पक्राउ गरेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।
पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएका अधिकारीले अदालतले तोकेको पाँच हजार रुपैयाँ जरिमाना बुझाएर सफाइ पाएको प्रहरीले जनाएको छ ।