एजेन्सी/ मंगल ग्रहको सतहमुनि रहेको नुनिलो पानीमा पृथ्वी अरबौं वर्ष अघि पृथ्वीमा उत्पति भएका सूक्ष्म जीवलाई बाँच्न सहयोग गर्ने प्रशस्त अक्सीजन भएको हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
नेचर जियोसाइन्स जर्नलमा सोमबार प्रकाशित भएको एक रिपोर्ट अनुसार केही भूभागमा पाइएको अक्सीजनले आदिम, बहुकोशिय स्पोन्जीजस्ता प्राणीहरु बाँच्न सहयोग पुर्याउने बताइएको छ ।
‘हामीले त्यस नुनिलो पानी पत्तो लगायौं पानी हाई कन्सनट्रेशन नुनसँग मिसिएको छ त्यसले सूक्ष्मजीवलाई स्वास लिनसक्ने अक्सिजन बोकेको छ ।’ अनुसन्धानका प्रमुख भ्लादा स्टामिनकोभिकले भने ।
उनले एएफपि समाचार संस्थासँग यो खोजले विगत र आजको मंगलग्रहमा सम्भाव्य जीवनबारे वैज्ञानिकहरुको बुझाईमा ठूलो क्रान्ति ल्याइदिएको बताए ।