धरान/सदावहार गायक आनन्द कार्कीले सुनसरीको इनरूवाबासीलाई साङ्गीतिक स्वाद पस्किने भएका छन् । इनरुवाको सखुवागाछी चोकमा आउँदो कात्तिक १९ गते हुने कन्सर्टमार्फत् उनले प्रस्तुति दिने भएका हुन् ।
कन्सर्टमा कार्कीसहित प्राश्ना शाक्य, रवि रिमाल, धर्मेन्द्र सेवानले प्रस्तुति दिने भएका हुन् । कन्सर्टमा जादूगर महादेव त्रिपाठीको हातको कलासमेत देख्न पाउने भएका हुन् ।
सावित्री–गोपाल स्मृति ट्रष्टको आयोजनामा हुने कन्सर्टमा इनरुवाका सखुवागाछीबासीले धेरै वर्षपछि कार्कीलाई प्रत्यक्ष देख्न र सुन्न पाउने भएका छन् । कार्कीलगायतले आफ्ना चर्चित गीतहरू पस्किनेछन् ।