उदयपुर/ उदयपुरको जिल्ला अदालतले बालिकालाई यौनदुव्र्यवहार गरेको कसुरमा तीन बालकलाई कैदको सजाय सुनाएको छ ।

जिल्लाको पश्चिमीभेगकी एक १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको कसुरमा जिल्ला अदालत उदयपुरले बालकहरूलाई १५ दिन कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार १०, ११ र १३ वर्षीय तीनै जना बालकलाई यौनदुव्र्यवहार गरेको कसुर ठहर गर्दै उक्त सजायको फैसला सुनाएको थियो ।

अदालतले कसुरदारहरू नाबालक भएकोले त्यस्तो सजाय सुनाएको हो । विद्यालयबाट घर फर्किने क्रममा बालिकालाई गत असार १ गते बलात्कारको प्रयास गरेका थिए ।

घटनाको २० दिनपछि पीडितले विद्यालयका अन्य साथीलाई सुनाएपछि घटना बाहिरिएको हो ।

घटनाको बारेमा साथीहरूले अभिभावकलाई भनेपछि पीडित परिवारले असार २१ गते इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए ।

उनीहरूलाई प्रहरीले असार २३ गते पक्राउ गरेकोमा अदालतले साउन ८ गते नाबालक रहेको भन्दै पुर्पक्षका लागि अभिभावकलाई जिम्मा दिने आदेश दिएको थियो ।