श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक १४ गते बुधबार, ३१ अक्टोबर २०१८ । कार्तिक कृष्णपक्षको सप्तमी तिथि ११ः५९ बजेसम्म, उप्रान्त अष्ठमी, नक्षत्र तिष्य २७ः५९ बजेसम्म, उप्रान्त आश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१४ र सूर्यास्त ६ः१४ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) रमाइलो वातावरणमा दिन बित्नेछ । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । शुभसमाचारले मन प्रसन्न बन्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययन–अध्यापनमा खासै मन नजाला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका हुन सक्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । धार्मिक यात्रामा सरिक भइएला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । सानो कुरामा ठूलै धनराशि खर्च होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन–अध्यापनमा भन्दा बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मिष्ठान्न भोजन प्रँप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला । रमणीय स्थानको भ्रमण हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।