धरान तरहरा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार टोली विजयी बनेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीको टोलीले तरहरा जेसिजको टिमलाई ३–१ गोल अन्तरले हराएको हो । अग्रज पत्रकार तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीको कप्तानीमा उत्रिएको टोलीका तर्फबाट रेडियो दन्तकालीका धिरेन लिम्बूले २ र ब्लाष्टका भोजराज श्रेष्ठले एक गोल गरे । जेसिजबाट एकमात्रै सान्तवना गोल शिवु गुरूङले गरेका थिए । खेलमा तरहरा जेसिजले सुरूवाती मिनेटमै गोल गरेको थियो भने पत्रकारको टोलीले पहिलो हाफमा बराबरी खेलेर दोस्रो हाफमा २ गोलको अग्रता कायम गर्दै जित निकालेको हो । मैत्रीपूर्ण खेलमा विजयी टिमलाई मायाको चिनोसहित खेलाडीलाई पनि ट्रफी प्रदान गरिएको थियो । सामाजिक क्षेत्रमा कार्यरत जेसिजले पत्रकार र जेसिजबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै समाजप्रति जिम्मेवार बनाउन मैत्रीपूर्ण खेल गराइएको कार्यक्रम संयोजक मिलन गुरूङले बताए । विजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका २० नम्बर वडाका सदस्य एवम् कार्यबाहक अध्यक्ष रामबहादुर गिरी, तरहरा जेसिजका अध्यक्ष निरकाजी गिरीले पुरस्कार प्रदान गरे । तरहरा जेसिजले कात्तिक १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम प्रारम्भ गर्दै कात्तिक १७ गते समापन गर्ने कार्यक्रमको मूल संयोजक रीता भुषालले जानकारी दिइन् । [caption id="attachment_98872" align="alignnone" width="960"]football-game जितपछि खुसियाली साट्दै नेपाल पत्रकार महासंघ सुनसरीकाे टिम । तस्बिरः ब्लाष्ट[/caption]   football-game-tarahara प्रमुख अतिथि इटहरी-२० का सदस्य रामबहादुर गिरी बल हानेर उद्घाटन गर्दै । तस्बिरः ब्लाष्ट