धरान / धरान ८ स्थित तीनकुनेबाट पनि प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान ११ का २१ बर्षी मनिष राई र धरान ६ बस्ने २३ बर्षीय दिपक राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ७ बजेको समयमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको बसमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषधसहित बरामद गरेको थियो ।
उनीहरुको साथबाट नाईट्रोसन ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिभन २० चक्की फेला परेको प्रहरीले जनाएको छ ।
विराटनागरबाट धरान आउने अधिकाशं बसमा युवाहरुले लागु औषध ल्याउने गरेको प्रहरीले जनाएको छ । बसमा जाने र जोगमनीमा आफुलाई पुग्दो प्रयोग गरि बेच्नका लागि लागु औषध लिएर आउने गरेको इप्रकाका डिएसपी समुनकुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले तीनकुनेमा विराटनगरबाट आउने वसहरुमा चेकजाँच कडाई गर्दै आएको छ । वसबाट भित्रन्छ धरानमा लागु औाषधः लागु औषधसहित दुई पक्राउः
धरान / धरान ८ स्थित तीनकुनेबाट पनि प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान ११ का २१ बर्षी मनिष राई र धरान ६ बस्ने २३ बर्षीय दिपक राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ७ बजेको समयमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको बसमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषधसहित बरामद गरेको थियो ।
उनीहरुको साथबाट नाईट्रोसन ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिभन २० चक्की फेला परेको प्रहरीले जनाएको छ ।
विराटनागरबाट धरान आउने अधिकाशं बसमा युवाहरुले लागु औषध ल्याउने गरेको प्रहरीले जनाएको छ । बसमा जाने र जोगमनीमा आफुलाई पुग्दो प्रयोग गरि बेच्नका लागि लागु औषध लिएर आउने गरेको इप्रकाका डिएसपी समुनकुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले तीनकुनेमा विराटनगरबाट आउने वसहरुमा चेकजाँच कडाई गर्दै आएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।