प्रतिबन्धित लागूऔषध फेनारागन-३० एम्पुल, लुपिजेसिक-३० एम्पुल र डाईजेपाम-३० एम्पुल सहित मोरङ उर्लावारी नगरपालिका-१ बस्ने बर्ष-२३ को सुनिल तामाङ र बेलबारी नगरपालिका-३ बस्ने बर्ष १९ को सुरज बि.क.लाई दिउँसो ३:४५ बजे पक्राउ गरिएको हो ।
झापाको मेचीनगर नगरपलिका-६ स्थित भन्सार गेट अगाडिबाट शंकालागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध फेला पारी बरामद गरिएको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मेचीनगरमा लागूऔषध सहित २ पक्राउ
झापा । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































