भक्तपुर / मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी मिलन केसीले जानकारी दिए । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको प्रहरीले बताएकाे छ ।
ग्यास बाल्ने क्रममा आगलागीः तीन घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































