काठमाडौँ / ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।
श्रम कार्यालयबाट तीन जना विचौलिया पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































