धरान / धरान–६ स्थित पानवारीमा रहेको खेलमैदानलाई राष्ट्रिय खेलकुद परिषद्को सकृयतामा स्तरोन्नती गर्ने भएको छ । त्यसका लागि परिषद्ले बजेट नै छुटाइसकेको नेकपाका प्रदेश सदस्य रमेश बस्नेतले जानकारी दिए ।
उनले सोमबारदेखि सुरु भएको ‘चौथो पानबारी भलिबल रनिङ कपको उद्घाटनको क्रममा जानकारी गराएका थिए ।
प्रदेश सरकारको ध्यानाकर्षण
उद्घाटन कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले खेलकुदको क्षेत्रमा उर्जा जगाउन सके धरान महत्वपूर्ण खेलकुदको सहरको रुपमा विकास हुने बताएका थिए ।
सभामुख भण्डारीले धरानलाई महत्वपूर्ण खेलकुदको सहरको रुपमा विकास गराउन खेलकुदमा उर्जा ल्याउन आवश्यक रहेको बताएका हुन् । ‘खेलकुदमा उर्जा ल्याउन सकियो भने धरान खेलकुदको महत्वपूर्ण सहर बन्न सक्छ ।’ सभामुख भण्डारीले भने । धरान खेलकुदको सहरको रुपमा परिचित भएपनि अझै खेलकुद क्षेत्रको विकास गर्नुपर्ने उनले खाँचो औल्याए । सभामुख भण्डारीले धरानमा पानबारी पनि गाभिएपछि यस क्षेत्रमा प्रत्येक वर्ष बजेट थप गदै लानुपर्ने बताए ।
खेलकुदको पूर्वाधार विना नै पानबारीको बोईज युनियन क्लवले भलिवलको ४ औं संस्करणको प्रतियोगिता गर्न सफल भएकोमा उनले शुभकामनासमेत दिए । उनले यहाँको खेलकुद पूर्वाधार विकासका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्ने बताए ।
कतीपय क्लवहरुले आर्थिक अभावका कारण खेलकुलाई निरन्तरता दिन नसकिरहेको बताउदै यसमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । खेलाडीहरुको खेलप्रतिको शिप विकास, व्याक्तित्व तथा नेतृत्व विकासको लागि सरकारको ध्यानाकर्षण भएको समेत बताए ।
प्रदेश १ की सांसद उमिता बराइलीले खेलकुद क्षेत्रको विकासको लागि आवश्यक कानुन ल्याउनको लागि भुमिका खेल्ने बताइन् । भलिबल खेलको विकाससंगै भलिबल खेलबाट पानबारीको पहिचान स्थापना गर्नको लागि प्रतियोगितालाई निरन्तरता दिदै आएको यसपत्री बोइज यूनियन क्लवका उपाध्यक्ष राजेन्द्र न्यौपानले जानकारी दिए । हिजो भएको खेलमा नेपाली सेनालाई आयोजकले हराएको छ । यसको फाइनल १२ गते हुदैं छ ।
१० वटा टिम सहभागी, पुरस्कार राशी ७५ हजार
यसको फाइनल १२ गते हुदैंछ । १प्रतियागितामा प्रदेश नं. १ मा रहेका १० वटा टिमले सहभागिता जनाएका छन् । १० लाख ३० हजार लागत अनुमान गरिएको प्रतियोगितामा प्रथमले ७५ हजार, दितिय हुनेले ४१ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष एसजंग रुम्दालीले जानकारी दिए ।
क्लबले खेलको स्तरसंगै प्रत्येक बर्ष पुरस्कारको राशी बढाउदै गएको छ । पहिलो संस्करणमा त्रिवेणी युवा क्लब मोरङ विजेता हुदा १५ हजार र द्वितीय हुने याङशिला युवा भलिवल मोरङलाई ११ हजार प्रदान गरिएका थियो । यस्तै दोस्रो संस्करणमा डुम्राहा भलिबल क्लब, सुनसरी विजेता हुदा ३० हजार नगद,उपविजेता बनेको एक नं. प्रेदेश प्रहरी रानीले १५ हजार प्राप्त गरेको थियो भने तेस्रो संस्करणमा एक नं. प्रदेश प्रहरी रानी विजय बन्दा ५१ हजार र उपविजेता बनेको आयोजक सयत्रपत्री बोइज युनियन क्लबले ३१ हजार प्राप्त गरेको थियो । भलिवलको खेलको विकासमा लागेका त्यहाका युवाहरु सरकारले भलिवल खेललाई राष्ट्रिय खेल घोषणा गरेपछि उनीहरु झनै उत्साहित भएका छन् । विकासको गतिमा अगाडि रहेको सुविधासम्पन्न धरान उपमहानगरपालिकाभित्रै कठिन ढंगले चारबर्षसम्म भलिवल प्रतियोगिता निरन्तर सञ्चालन गर्न क्लबले त्यहाका स्थानीय बासिन्दा, विभिन्न संघ संस्था, व्यापारिक संस्थाको सहयोग लिने गरेको छ । भलिवल खेलप्रति त्यहाका स्थानीयहरुले अभिरुची राखेकै कारण त्यहाका सर्वसाधारण खैलमैदान वरिपरि भएको डाडोमा बसेर पनि खेलको मज्जा लिने गरेका छन् ।