धरान । अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने ।
घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुगे । कतै डोरी राखेर झुन्डिदैपुगेका थापासँग प्रजिअ अनुज भण्डारी पनि थिए । भण्डारी साँझ सदरमुकाम फर्किए पनि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसे ।
नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको थियो । घ वटा शव रुगेर बसेका थिए । अन्य शव विहीबार सङ्कलन गरेर आज काठमाडौं पठाइएको छ । नेपाली सेना तथा प्रहरीले बढो दुस्ख गरेर शव घट्नास्थलबाट झिकेर काठमाडौं पठाइएको छ ।