देउराली । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि बिजेता बनेकाे छ ।
साफ महिला च्याम्पियनसीपमा भारतकाे दबदबा हटाउन घरेलु मैदानमा नेपाली खेलाडीहरूबाट निकै आसा राखिएकाे भएपनि नेपालले बिजेताकाे उपाधी रक्षा गरी इतिहास रच्नबाट चुकेको छ । फाइनलमा भारत संगकाे नेपालकाे याे चैथाे हार हाे ।
खेलकाे २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै भारतलाई पहिलाे अग्रता दिलाएकी थिइन् । तर, घरेलु दर्शकको साथ पाएको नेपालकाे तर्फबाट ३४ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै खेल बराबरीमा फर्काएकी थिइन् । पहिलाे हापमा निकै आक्रामक रहेकाे नेपाल दोस्रो हाफमा प्रदर्शन राम्रो हुन सकेन ।
अन्तत दोस्रो हाफ पछि भारतले ६२ औं मिनेटमा दाेस्राे र ७७ औं मिनेटमा तेस्राे गाेल गर्दै भारत ५औं पटककाे बिजेता बनेकाे छ ।