इटहरी । सुनसरीको दुहबीमा तेश्रो मनमोहन दुहबी गोल्डकपको तयारी पूरा भएको छ ।
एलेभन एरोज क्लब दुहबी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा तेश्रो मनमोहन दुहबी गोल्डकप आज (शनिबार) देखि शुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजक क्लबका अध्यक्ष दीपक राईले जानकारी दिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लब काडमाडौं, भारतको रोयल क्लब वेस्ट बङ्गाल, क्यामरुनको दाफिन्स फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल झापा, थ्रीस्टार क्लब काडमाडौं र आयोजक एलेभन एरोज क्लब दुहबी सहभागी छन् । अध्यक्ष राईले देशभरी फुटबल भइरहेकाले पनि तत्काल निर्णय गरेर कार्यक्रम तय गरिएको जानकारी दिए । फुटबल प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न लागेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सचिव सुभाषश्री पोखरेलले प्रतियोगितालाई राम्रो बनाउन आफूहरू लागिरहेको बताए । प्रतियोगितामा विजेताले ६ लाख र उपविजेताले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ताले नगद २० हजार रुपैयाँ? सर्वोत्कृष्ट खेलाडीले सामसुङ कम्पनीको ४२ इञ्च एइडी टिभी प्राप्त गर्ने जनाएको छ ।