देउराली । इन्टरनेटबाट खेलीने युवा पुस्ताकाे लत बनेकाे पब्जी नेपालमा प्रतिबन्ध लगाएको छ ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेललार्इ प्रतिबन्धित गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिएका छन् ।

पब्जी रिलिज भएको एक वर्षमै बालबालिका तथा किशोरहरूका लागि लत नै बनेर एकदमै लोकप्रिय एकाे थियाे ।  करोडौं मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको याे खेलमा युद्दभुमीमा  सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ।