धनकुटा । धनकुटाको हिलेमा जारी १३ औं अन्तराष्ट्रिय रामनवमी कप खुल्ला भलिवल प्रतियोगिताको आईतवार सम्पन्न फाईनल खेलमा झापागाउँपालिका भलिवल टिमले पुर्वाञ्चल भलिवल टिमलाई पराजित गर्दै नगद १ लाख सहित उपाधी चुम्न सफल भएको छ ।

हिले माविको खेल मैदानमा भएको भलिवल प्रतियोगिताको फाईनल खेलमा साविकको शरणामती गाविसमा रहेको हालको झापा गाउँपालिका भलिवल टिमले वेष्ट अफ फाईभको प्रतियागितामा अत्यान्त्यै प्रतिष्पर्धात्मक र रोमाञ्चक ढंगले नगद सहित उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । झापा गाउँपालिका भलिवल टिमले पुर्वाञ्चल भलिवल टिमलाई पहिलो, तेश्रो र पाँचौं सेटमा क्रमशः २५–२२, २६–२४ र १५–१२ को अन्तर पार्दै जित हात पार्न सफल भएको हो । उस्ले नगद १ लाख सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी पुर्वाञ्चल भलिवल टिमले झापा गाउँपालिका भलिवल टिमलाई दोश्रो र चौथो सेटमा क्रमशः २५–१८ र २५–१८ को अन्तरमा जित हासिल गरेपनि दोश्रो स्थान मै चित्त वुझाउनु प¥यो । उस्ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा वेष्ट लिफ्टर पुर्वाञद्धल भलिवल टिमका राजन लिम्वु, वेष्ट डिफेन्स झापा गाउँपालिका भलिवल टिमका सरोज चौधरी, वेष्ट स्पाईकरमा पुर्वाञ्चल भलिवल टिमका संजय वुढाथोकी, फेयर प्ले टिममा नेपाल आर्मी २ नं. वाहिनी हिलेको टिम घोषित भएको थियो भने प्लेयर अफ दि टुर्नामेनटमा पुर्वाञ्चल भलिवल टिमका इन्ताज अली घोषित भएका थिए ।

फाईनल खेल हुनु भन्दा पहिले भएको सेमीफाईनल खेलमा पुर्वा१चल भलिवल टिमले भोजपुर भलिवल टिमलाई सोझो सेटमा २५–२१, २५–१७ र २५–२३ को अन्तरले पराजित गरेको थियो । त्यसैगरी झापा गाउँपालिका भलिवल टिमले नेपाल आर्मी भलिवल टिम २ नम्वर वाहिनी हिलेलाई २५–१८, २५–१६ र २५–२१ को अन्तरमा सोझो सेटमा पराजित गरेर पुर्वाञ्चल भलिवल टिम र झापा गाउँपालिका भलिवल टिम पाईनलमा पुगेको थियो । सनिवार नै हुन पर्ने फाईनल प्रतियोगिता हिलेको प्रतिकुल मौसमको कारण भारी असिना पानीले आईतवार सरेको थियो ।

फाईनल प्रतियोगितामा आफ्नो टिमसंग भिडेको पुर्वाञ्चल भलिवल टिम प्रदेश नं.१ को तर्फवाट राष्ट्रिय भलिवल तियोगितामा भाग लिन जान लागेको टिमलाई जित्न सफल भएको भन्दै झापा गाउँपालिका भलिवल टिमका मेनेजर गजेन्द्र ताम्लीले खुशी व्यक्त गरेका छन् । साथै उनले प्रतियोगितामा सहभागी विजेता खेलाडीहरुलाई धन्यवाद समेत दिएका छन् ।