गत फागुन दोश्रो हप्ता मोरङको पथरी बजारस्थित सिका बार नजिक मोरङको पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको शव भेटियो । उनको हत्या वा आत्म हत्या प्रहरीले तीनमहिना वित्न लाग्दा समेत केही पत्ता पाउन सकेन । एउटा घट्नामा प्रहरी निरही बनी रहेको बेला फेरी शनिवार विहान पथरी बजारमा कस्मेटिक व्यवसायी २९ बर्षीय रिना बस्नेतको शव भेटियो । खुट्टामा बालुवा लागेको शरिरमा कुनै बस्त्र नभएको अवस्थामा उनकै डेरा अगाडी शव भेटियो । यो घट्नाले प्रहरीलाई थप अर्को चुनौती थपिएको छ ।

पछिल्लो समय पथरी शहर अशान्त बन्दै गएको छ । एक पछि अर्का अपराधिक घट्ना हुदा स्थानीय प्रहरीको सक्रिया नदेखिनु विडम्बना हो । यस्ता घट्नाले स्थानीयलाई आतंकित मात्र बनाएको छैन, त्राससमेत फैलाएको छ । एक पछि अर्को हत्याका घट्ना दोहोरिनु तर प्रहरी प्रशासन भने मुकदशक भएर बस्नुले पथरीको शान्ति सुरक्षामा प्रश्न खडा भएको छ । तामाङ घट्नामा प्रहरीले यहिलेसम्म प्रहरी अनुसन्धानको विवरण जनतालाई सार्वजनिक गर्न सकेको छैन् । प्रहरीको यही कमजोरीलाई टेक्दैं अपराध मनोवृत भएकाहरुले फेरी अर्को घट्ना गराएका छन् । रिनालाई कुनै स्थानमा हत्या गरेर त्यहाँ घिसारेर ल्याइ फालेको उनको खुट्टामा भएको बालुवाबाट बुझ्न सकिन्छ । यस घट्नाबारे प्रहरीले गहिरो अनुसन्धान गर्नु जरुरी छ ।

पथरी बजारमा एक पछि अर्को हत्याका घट्ना बढ्नु सुरक्षाको हिसावमा गम्भीर विषय हो । विगतमा पछि पथरीमा यस्ता हत्याका घट्ना बारम्वार हुने गरेका थिए । घट्नाक्रमलाई अध्ययन गरेर सुरक्षा रणनीति तय गर्न नसक्नु स्थानीय प्रहरी प्रशासनको कमजोरी हो । इन्स्पेक्टरको कमाण्डमा इलाका प्रहरी कार्यालय रहेको छ । हालको नेतृत्वले यहाँको सुरक्षास्थिति मजबुद बनाउन असफल भएको पछिल्लो घट्नाले देखाएको छ । धरान, इटहरी र पथरी बढि अपाराधिक क्रियाकलाप हुने शहरहरु हुन । धरान र इटहरीमा डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । पथरीमा इलाकामा पनि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गर्न अव प्रदेश तथा मोरङ प्रहरी नेतृत्वले ध्यान पु¥याउनु पर्दछ । पथरीमा पछिल्लो समय भएको व्यक्ति हत्या, लुटपाट जस्ता घट्नाबाट स्थानीयमा भएको त्रास हटाउन प्रहरी प्रशासन गम्भीर हुनु पर्दछ । इलाका प्रहरी कार्यालयको स्तरोन्नतीसहित थप प्रहरी परिचालनका लागि स्थानीय सरकार पनि जिम्मेवार हुनु पर्दछ । आफ्नो नगरभित्र भएका हत्याका घट्ना बढोत्तरीमा नगरप्रमुख जिम्मेवार हुनु पर्दछ ।