धरान/ धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को केही समययता चर्चा छ । त्यही रङ्गशालाका विषयमा गायक बद्रि पङ्गेनी र पूर्णकला बिसीले गीत सार्वजनिक गरेका छन् ।
‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पङ्गेनीले लेखेका हुन् भने सङ्गीत बद्रि पङ्गेनीले नै दिएका छन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीले नै सफल बनाउनु पर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदीप बरालले खिचेका हुन् भने शङ्कर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस–सुन्तलीले गरेका उदाहरणीय कार्यहरू समावेश गरिएको छ ।