लक्ष्मीमार्ग । मोरङको बेलबारी स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी प्रदेश स्तरीय महिला फुटवल प्रतियोगितामा शुक्रवार भएको खेलमा ओखलढुगाको लज्जास्पद हार भएको छ ।

झापा र ओखलढुंगा विच भएको खेलमा झापाले शुन्यका विरुद्ध आठ गोल अन्तरले बिजयी भएको छ । खेलको सुरुमै मिना राईले गोल गर्दै झापाका लागि खाता खोलेकि थिईन । उनले खेल सुरु भएको ५ औ मिनेटमा पहिलो गोल गरेकि थिईन । मिनाले गरेको गोलको चार मिनेट वित्न नापाउदै झापाकै अर्की खेलाडि पुजा खतिवाडाले अर्को गोल थपेकि थिईन । खतिवडाले ९ र ३७ मिनेट गोल गरेकि थिइन् ।

खतिवाडले खेल भरीमा दुई गोल गरिन् ि। त्यस्तै झापाकी गांगा राईले २५ र ४९ मिनेटमा दुई गोल गरेकी हुन् । खेलको ५२ औ मिनेटमा ममता राउतले गोल गरेकि थिईन भने ५९ औ मिनेटमा निकिता तिम्सिनाले सातौँ गोल गरेकि थिइन् । पुन खेलको अन्तीम समयमा ममता राउतले थप एक गोल गर्दै झापाका लागि आठ गोल बनाएकि हुन । उक्त हार सगै ओखलढुगा घर फर्केको छ ।

शुक्रबार नै हुने भनिएको दोस्रो खेलमा तेह्रथुमका खेलाडि नआएपछि उदयपुर वाक ओभर पाएर दोस्रो चरणमा प्रबेश गरेको छ । शनिवार पहिलो खेल सोलुखुम्बु र इलाम बिच दोस्रो खेल संखुवासभा र सुनसरी बिच हुने आयोजकले जनाएको छ । १९ गते देखी बेलबारीको लक्ष्मीमार्ग खेल मैदानमा सुरु भएको प्रतियोगिता २५ गते सम्म संचालन हुने छ ।