धरान  / पश्चिमबाट पूर्व जादैं गरेको मे १० प ६२११ नं.काे मोटरसाईकलाई काँकारभिट्टाबाट धरान आउदैं गरेको बसले ठक्कर दिदा मोटरसाइकलमा सवार एक युवक गम्भीर घाइते भएका छन् ।
उनलाई को१ख २१४२ नं. को वसले आइतबार साझ पूर्वपश्चिम राजमार्गस्थित मोरङको गोठगाँउमा ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको ठाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको नाम ठेगाना पहिचान भएको छैन् । स्थानीय अस्पतालमा प्राथामिक उपचार पछि उनलाई भरखरै विराटनगर लगिएको ब्लाष्टखवरकर्मी कृष्टीका चौधरीले जानकारी दिएकी छन् ।