Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • यार्सा टिप्न दुई महीना विद्यालय बन्द

यार्सा टिप्न दुई महीना विद्यालय बन्द

alt
  • वैशाख २९, २०७६
  • रासस
 
रूकुम / यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् ।
 
प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन् । उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन(बुकी)मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ । पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन् । हरेक वर्ष जेठको पहिलो साताबाट यार्सा सङ्कलन गर्ने भए पनि यो वर्ष हिउँ भएकाले ढिला गरेर सिजन शुरु हुन लागेको वडा नं १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए ।
 
यार्सा टिप्न जेठको दोस्रो सातादेखि खुल्ला गरिने भए पनि वैशाख अन्तिम सातादेखि नै यहाँका स्थानीयवासी पाटन जाने गर्दछन् । स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जनकारी दिनुभयो । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यो समयमा विद्यालय बन्द भए पनि वर्षे बिदासँग मिलाइने उनको भनाइ छ । जिल्लाका अन्य ठाउँमा बर्खामा विद्यालय बन्द गर्ने गरे पनि आफूहरुले नगर्ने गरेर अहिले बन्द हुने निर्णय भएको प्रअ पुनले बताए । दुई महीना लामो समयसम्म विद्यालय बन्द हुने गरेपछि यहाँका विद्यार्थीको शैक्षिक प्रगति समेत नहुने गरेको तथ्याङ्कले देखाएको छ । विभिन्न बहानामा लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ ।
शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको भनाइ छ । जेठ महीनाबाट रुकुम पूर्वका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय दुई महीनासम्म बन्द हुने गर्दछन् । यो समयमा यहाँका स्थानीयवासीले ५० हजारदेखि पााच लाखसम्म आम्दानी गर्ने गरेको बताइएको छ । यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अधिकांश स्थानीयवासी बुकि जाने गर्छन् । शिक्षक नै पाटन जाने भएपछि विद्यालय बन्द हुने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका–२ का स्थानीयवासी रामलाल घर्तीले बताए । यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ । हरेक वर्ष यार्सा टिप्ने समयमा विद्यालय बन्द हुने प्रचलन जस्तै भएको समन्वय इकाइ प्रमुख तिलक गौतमले बताउनुभयो । अहिले बन्द भए पनि बर्खे बिदामा मिलान गरिने हुँदा पठनपाठनमा खासै असर नपुग्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
विराटनगरमा ‘सुरक्षित चालक’ अभियान

विराटनगर । विराटनगरका सडकमा वर्षौंदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा) क ...

‘निर्वाचन प्रहरी’ बन्न युवाको भीड

विराटनगर । मोरङ उर्लाबारी–२ डुम्रेकी २८ वर्षीया रोशिका श्रेष्ठको दिनचर्या अ ...

रहेनन् संविधानसभा सदस्य राई

धरान । संविधान सभा सदस्य तथा पूर्वमन्त्री धरान–१० निवासी कृष्णकुमार राईको न ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विराटनगरमा ‘सुरक्षित चालक’ अभियान
‘निर्वाचन प्रहरी’ बन्न युवाको भीड
रहेनन् संविधानसभा सदस्य राई
मन्त्रीलाई धनकुटाका पत्रकारहरूको गुनासो
नेपाल बिजनेस कलेजमा नयाँ विद्यार्थीलाई स्वागत
गरिबीको गणित र राज्यको जिम्मेवारी
आजको राशिफलः २०८२ साल पुस २८ गते सोमबार
राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री
काङ्ग्रेस विशेष महाधिवेशन सुरु
सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो
हृदयघातबाट गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
गरिबीको गहिरो असमानता
पूर्वीय चिन्तन विशेषः युधिष्ठिरको झुट
झापाका इँटा उद्योगीहरूले आगो निभाए
धरानमा ‘निर्झर’ कविता कृतिमाथि परिचर्चा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved