इटहरी / इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारहरुलाई गालीगलौज गरेको भन्दै पत्रकार महासंघले इटहरी उपमहानगरका मेयरका औपचारिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघ सुनसरीले पत्रकार सम्मेलन गरेर असुरक्षाको कारण उपमहानगरपालिकाले गरेको कार्यक्रममा तत्काल नजान पत्रकारहरुलाई आग्रह गरेको हो । पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारहरु असुरक्षित भएको कारण इटहरी उपमहानगरपालिकाको कार्यक्रममा नजाने निर्णय गरेको बताए ।
पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेलले पनि पत्रकारहरु समाचार लेख्न असुरक्षा बढेको बताए ।
इटहरीकाका पत्रकार विराट अनुपमसहित समग्र पत्रकारिता क्षेत्रलाई दिएको धम्की र गालीगलौजको घटनाप्रति नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यसअघि पत्रकार कृष्ण वहाब भट्टराई र विकल रेग्मीमाथि दुव्र्यवहार गरेको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो गतिविधि नगर्ने प्रतिबद्धता गरेका थिए । तर पनुः पत्रकारलाई फोनमा धम्काए पछि महासंघले यस्तो निर्णय गरेको हो ।
आम पत्रकारहरु सरकारकै प्रतिनीधिबाट असुरक्षित भएको भन्दै. महासंघले आज दिउसो १२ बजे पूर्व अध्यक्ष, सिरनियर पत्रकारहरुसँग इटहरीमा छलफलको आयोजना गरेको छ । महासंघ कसरी अगाडी बढ्ने भनेर अग्रजहरुको राय सल्लाहा लिन लागिएको महासंंघका सहसचिव दिनेश गजमेरले जानकार िदिए ।