इटहरी / भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’ मा सुनसरी, इटहरी ५ का प्रितम आचार्य सेकेन्ड रनर अप बन्दै दुई लाख भारु जितेका छन् । आइतबार सम्पन्न ग्रायन्ड फिनालेमा उनी तेस्रो बनेसँगै इटहरी उपमहानरपालिकाले आजिवन सदभावना दुत घोषणा गरेको छ ।
इटहरी उपमहानगरपालिकाले एक कार्यक्रम नै गरेको सदभावना दुत घोषणा गरेको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले बताइन । ७ वर्षकै उमेरमा स्कुल आइडल जितेका उनी ९ वर्ष छँदा सुरशाला गायन प्रतियोगितामा फस्ट रनर अप भएका थिए ।
प्रितमका धेरै गीत तथा कभर गीतहरू युट्युबमा भाइरल नै छन । उनलाई सहयोग गरिरहेका फिल्म निर्माता राजेश घतानीले उनको गायकी उत्कृष्ट रहेकै कारण निर्णायकहरूको नजरमा परेको र तेस्रो स्थान प्राप्त गर्न सकेको बताए ।