Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /खेलकुद
खेलकुद

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

र रासस असार २९, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित
 
काठमाडौँ /  मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो ।
यसअघि नेपालले टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्विप’ गरेको थिएन । आइसिसीबाट टी–ट्वान्टी अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलोपटक युइएविरुद्वको शृङ्खला २–१ ले जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई १७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६७ रनमा समेटिएको थियो । मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रनको योगदान दिए भने अमीनुद्वीन रामलीले २४ तथा भिरनदीप सिंह २३ रनमा बाहिरिए । त्यसैगरी मुहम्मद रियाहदत २१, अहमेद फैज १७, शफिक शरिफ १० र अरुवर अरुद्वीन सात रनमा बाहिरिए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए भने करण केसी, कप्तान पारस खड्का र अविनाश बोहराले एक÷एक विकेट झारे । त्यसअघि पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अविजीत रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४०, कप्तान खड्काले २३, रोहितकुमार पौडेलले १९, करण केसीले १६ तथा पवन सर्राफले १० रन जोडे । मलेसियाका मुहमद फिर्टी एक्लैले तीन विकेट लिए । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सिधै सिङ्गापुर प्रस्थान गर्नेछ ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एशिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुदैछ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम सुरु
असोज ११, २०८३
विपदबाट चार दिनमा १५ जनाको मृत्यु
असोज ११, २०८३
विश्व पर्यटन दिवसः कोशीमा हिमालय पर्यटनको बहस
असोज ११, २०८३
छापा संस्करण [ePaper]
  1. कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम सुरु
    असोज ११, २०८३
  2. विपदबाट चार दिनमा १५ जनाको मृत्यु
    असोज ११, २०८३
  3. विश्व पर्यटन दिवसः कोशीमा हिमालय पर्यटनको बहस
    असोज ११, २०८३
  4. पर्यटन पुनर्संरचनाको बदलिँदो ‘डिजिटलमुखी’ बहस
    असोज ११, २०८३
  5. कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
    असोज ११, २०८३
  6. लागूऔषधसहित ३ जना पक्राउ
    असोज ११, २०८३
  7. साढे चार लाखको भन्सार छलीका कपडासहित टेम्पो चालक पक्राउ
    असोज ११, २०८३
  8. नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग
    असोज ११, २०८३
  9. हवाई प्रतिबन्धबारे सम्बन्धित देशसँग इरानको निरन्तर संवाद
    असोज ११, २०८३
  10. पहलमान सिंहस्वाँर मार्गभासियो
    असोज ११, २०८३
  11. आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध
    असोज ११, २०८३
  12. सेनाको निष्कर्षः जलविद्युत् सुरुङभित्र उद्धार जटिल र साहसिक
    असोज ११, २०८३
  13. सप्तरीका ५०० घर डुबानमा
    असोज ११, २०८३
  14. जलवायु जोखिममा* रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
    असोज १०, २०८३
  15. कोशीमा रेड अलर्ट: ३ लाख १६ हजार क्युसेक पानी, ४३ ढोका खुला
    असोज १०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड